२ वटा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2023 | 09:31:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मङ्सिर १० गते आइतबार २ वटा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज शांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ११ गतेदेखि साधारणसभा नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

सांग्रिला डेभलपमेन्ट बैंकले  मङ्सिर २४ गते आइतबार लैनचौर ब्यान्क्वेटमा सभा आह्वान गरेको छ । कम्पनीले आ.व. २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो।  हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २६ करोड ७५ लाख रहेको छ ।

त्यस्तै शाइन रेसुङ्गाले मङ्सिर २३ गते शनिवार साधारणसभा आह्वान गरेको छ । कम्पनीले कम्पनीले आ.व. २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश गरि कुल ११.०५ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो। 

साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved