हिमालयन लघुवित्तले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2023 | 10:11:09 AM मा प्रकाशित

हिमालयन लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीको मङ्सिर ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्दै लाभांश वितरण नगर्ने  निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु लगायत लेखा सम्बन्धी नीति तथा टिप्पणीहरु माथि छलफल भई स्वीकृत गरेको छ।  उक्त वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने तथा राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित / स्वीकृतको लागि पेश गर्ने निर्णय बैठकले गरेको छ।

राष्ट्र बैंकले उक्त वित्तीय विवरणहरु स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा आह्वान गर्ने बाटो खुल्ने छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved