नेपाल हाइड्रोको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 09:36:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हाइड्रोले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो 

कम्पनीले हाल कायम चुक्ता पुंजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कुल ७.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

कम्पनीले पुस १२ गते नक्साल स्थित लिसारा रिसेप्सनमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved