यस्ता छन् नबिल बैंकको साधारणसभामा पेश हुने ७ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 08:51:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस १२ गते आर्मी अफिसर्स क्लबमा  सभा आह्वान गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व. २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  

बैंकले साधारणसभा प्रायोजनको लागि मङ्सिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव

साधारण प्रस्ताव 

१. सञ्चालक समितिको प्रतिवेदन २०७९/८० पारित गर्ने,

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८०  साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने,

३. यस बैंकका सहायक कम्पनी “नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड" र "नबिल स्टक डिलर लिमिटेड (साविक नबिल सेक्युरिटिज लिमिटेड) " को आ.व. २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने,

४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८० साल आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको ११ प्रतिशतका दरले हुन आउने रु. २,९७,६२,६९,६४० / २१ बराबरको नगद लाभांश वितरण स्वीकृत गर्ने,

५. आ.व. २०८०/८१ (सन् २०२३/२४) का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३(२) अनुसार वर्तमान लेखापरीक्षक SAR Associates & P.J. P.N. & Co. पुन: नियुक्त हुन योग्य हुनुहुन्न) ।

विशेष प्रस्ताव 

१. बैंकको नियमावलीका नियमहरु २क. (झ), ६ (९), ९(१), १०(४), १०(५), २०(१) र ३२(२) मा संशोधन स्वीकृत गर्न तथा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा समायोजन गर्न सञ्चालक समिति (वा समितिले तोकेको व्यक्ति) लाई अख्तियारी दिने

२. आ.व. २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) को प्रयोजनका लागि अनुमोदन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved