हिमालयन डिस्टीलरीको लाभांश घोषणा, पुस २५ मा साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 09:40:58 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन डिस्टीलरीले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर १७ गते आइतबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत  बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।  आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले पुस २५ गते बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा सभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved