पिपुल्स पावर लिमिटेडले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 09:49:23 AM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स पावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको मङ्सिर १७ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । 

 कम्पनीले  हाल कायम चुक्ता पुँजीको १:०.५ अनुपातमा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव नियमनकारी निकायबाट स्वीकृती प्राप्त भए पश्चात् कम्पनीको आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले आयोजनाको नियमित मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी र्सजना गरी राष्ट्रिय पुँजी वृद्धि गर्न आवश्यक पर्ने रकम हकप्रद मार्फत जुटाउने निर्णय गरेको जानकारी दिएको छ । 

कम्पनीले कोशी प्रदेश, इलाम जिल्ला स्थित ४.९६ मेगावाटको पुवा - २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९/०८/१२ देखि नियमित विद्युत उत्पादन तथा बिक्री गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved