मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान, मर्जर प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 09:41:54 AM मा प्रकाशित

laxmi  sunrise bank

मितेरी डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस १४ गते धरानमा आह्वान गरेको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव

१. संचालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षज्यूको आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी प्रतिवेदन पारित गर्ने ।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, २०७९ श्रावण १ गते देखि २०८० आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ वमोजिम आ.व. २०८०/०८१ को हरहिसाव लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरीक्षक श्री किन्जल पोख्रेल, किन्जल एण्ड एसोशिएट्स, विराटनगर पून लेखापरीक्षणको लागि योग्य हुनुहुन्छ ।

४. संचालक समितिले शिफारिस गरे बमोजिम शेयरधनीलाई बोनस शेयर कर प्रयोजनको लागि चुक्ता पूँजिको ०.५० प्रतिशत नगद लाभाशं रकम  (अक्षेरेपी रु पचास लाख पचहत्तर हजार सात र पैसा उन्नाईस ) मात्र दिने प्रस्ताव स्वीकृत गर्ने ।

विशेष प्रस्ताव 

१. संचालक समितिले प्रस्ताव गरे वमोजिम आ.व. २०७९।०८० को नाफाबाट शेयरधनीलाई चुक्ता पूँजिको ९.५० प्रतिशतका दरले हुने बोनश शेयर रकम रु ९,६४,२५,१३६।५० (अक्षेरेपी रु नौ करोड चौसठी लाख पच्चिस हजार एक सय छत्तिस र पैसा पचास) मात्र प्रदान गर्ने प्रस्ताव स्विकृत गर्ने ।

२. बैंकले गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको रु. १ लाखभन्दा वढिको खर्च अनुमोदन गर्ने सम्बन्धमा ।

३. कम्पनीको प्रवन्धपत्रमा आवश्यक परिमार्जन / संशोधन तथा थप गर्ने :

४. मितेरी डेभलपमेण्ट बैंक लिमिटेड र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा :

अ) यस बैंक र अन्य कुनै एक वा सो भन्दा बढि उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्वन गरि कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

आ) एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्यांकन गर्न मान्यता प्राप्त मुल्यांकनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

५. नियमनकारी निकायले दिएको निर्देशन बमोजिम बैंकको प्रवन्धपत्र र नियमावलीमा कुनै संशोधन गर्नु परेमा त्यस्तो संशोधन गर्ने लगायतका अन्य सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved