नेप्सेले यस पटक ६४ प्रतिशत मात्रै लाभांश दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 05:20:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नेप्सेको आज बसेको संचालक समितिको बैठकले ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको स्रोतले जनाएको छ 

आजको बैठकले नेप्सेको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गर्दै लाभांश प्रस्ताव गरेर साधारणसभा गर्ने मिति तय गरेको हो। नेप्सेले पुस २९ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।  

नेप्सेले अघिल्लो वर्ष १०० प्रतिशत लाभांश दिएकोमा यो पटक ६४ प्रतिशतमात्र लाभांश दिन लागेको हो । नेप्सेको आम्दानी घटेसंगै लाभांश पनि घटेको छ । 

नेप्सेमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक,. कर्मचारी संचय कोष, लक्ष्मी बैंक, प्रभु बैंक र ब्रोकरहरुको शेयर लगानी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved