युनिभर्सल पावर कम्पनीले पहिलो पटक घोषणा गर्यो लाभांश, साधारणसभा पनि आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2023 | 08:24:16 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिभर्सल पावर कम्पनी लिमिटेडले  लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ८.५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश गरि कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले आईपीओ निष्काशन गरेपछि पहिलो पटक लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १८ गते  बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।  


:बिजपाटीमा प्रकाशित भिडियोहरु हेर्नका लागि यहाँ थिच्नुहोस् 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved