एक हप्ते विदापछि आजबाट नियमित काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष हमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 12:23:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एक साता विदा बसेर नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल आज पुस १८ गतेदेखि नियमित काममा फर्किएका छन्। उनी 'फोर्स लिभ' अन्तर्गत पुस ११ गतेदेखि पुस १७ गतेसम्म विदामा बसेर आज पुस १८ गतेबाट काममा फर्किएका हुन्  ।

 उनको कार्यकाल यहि पुस २० गते शुक्रबार सकिने छ । उनी अब कार्यकालको अन्तिम ३ दिन अर्थात् आज पुस १८ देखि पुस २० गतेसम्म नै कार्यालय जाने छन् ।

बोर्ड अध्यक्षको अनुपस्थितिमा बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले नियमित काम काजको लागि बोर्डको नेतृत्व गरेका थिए । बोर्ड अध्यक्षको अनुपस्थितिमा दैनिक कामको सिमित अधिकार बोर्ड  भित्रकै कुनै कार्यकारी निर्देशकलाई दिने अभ्यास रहदै आएको छ।  

पछिल्लो समय अध्यक्ष हमाल आफ्नै कार्यकालमा नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिने विषयमा सक्रिय भएर लागेका थिए। अब भने उनको कार्यकाल ३ दिन मात्र बाँकि रहेकोले उनले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिन सक्ने समय बाँकि छैन।  

उनको कार्यकाल सकिए पनि सरकारसँग उनलाई नै फेरी अध्यक्षमा दोहोर्याउने विकल्प छ । सरकारले तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेपछि उनको बाँकि कार्यकालको अध्यक्षमा रमेश हमाल नियुक्त भएका थिए। हमालले ४ वर्ष कार्यकाल पुरा नगरेकोले सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर उनलाई अध्यक्षमा निरन्तरता दिन सक्ने छ। यद्यपि अन्य व्यक्तिलाई चयन गर्ने भएमा सरकार छनौट समिति गठन गरेर खुला प्रतिस्पर्धाबाट नयाँ अध्यक्ष नियुक्त गर्नु पर्ने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved