नेको इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 09:01:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ १२ गते साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभानाश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्ने आ.व. २०७९।०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२.आ.व. २०७९।०८० को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।  

४. कम्पनीको नियमावली बमोजिम आगामी ४ बर्षको लागि १ जना महिला सहित संस्थापक समूह (क) बाट २ जना र सर्वसाधारण समूह (ख) बाट ३ जना गरी ५ जना संचालकको निर्वाचन गर्ने सम्बन्धमा ।

५. विविध ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved