धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालले २२ महिनामा के के गरे ? यस्तो छ सूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 03:23:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो कार्यकालमा सम्पादन गरिएका मुख्य कामहरुको सूची सार्वजनिक गरेका छन् । आफ्नो कार्यकालको अन्तिम दिन आज शुक्रबार उनले सम्पदान गरिएका मुख्य काम र कार्ययोजनामा पेश भई हुन नसकेका कामको सूची सार्वजनिक गरेका हुन् 

अध्यक्ष हमालले  प्रतिस्पर्धा एवं सुशासन मार्फत लगानीकर्ताहरुलाई धितोपत्र बजारसम्बन्धी गुणस्तरीय सेवा सहज र सुलभरुपमा उपलब्ध हुने वातावरण बनाउने, समयसीमा (Time Bound) तोकी Meritocracy का आधारमा कार्य गर्ने, लगानीकर्ताका सुझाव एवं आईपरेका समस्या समाधान गर्ने, बजार नियमन र सुपरिवेक्षणलाई सुदृढ गराउने गरी सुधार कार्य आफ्नो कार्यकालमा भएको उल्लेख गरेका छन् ।

उनले वशिष्टीकृत लगानी कोषको शुरुवात भएको , एसएमईज प्ल्याटफर्मका लागि नियमावली तयार गरी पेश गरेको, वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण व्यवस्था गरिएको,  , वस्तु विनिमय बजार अनुमितका लागि प्रकृया अगाडि बढेको , नयाँ स्टक एक्सचेञ्जका लागि प्रकृया अगाडी बढेको,र  सूचीकृत कम्पनीमा क्षेत्रगत विविधीकरण गरिएको उल्लेख गरेका  छन्  ।

त्यस्तै मापदण्ड पुर्याउने सबै ब्रोकरलाई अनुमति दिएको, बुक विल्डिंग विधिबाट आईपीओ निष्काशनको लागि अनुमति दिएको, मर्जर तथा प्राप्तिको बखत शेयर कारोबार सहज बनाएको तथा ब्रोकरको शाखा विस्तारमा चुस्तता ल्याएको बताएका छन् ।

लगानीकर्ता हित संरक्षणमा जोड दिई आश्वा शुल्कमा कटौती गरेको, वित्तीय विवरण नबुझाउने ८८ वटा कम्पनीलाई स्पष्टीकरण सोधी कारवाही प्रकृया अगाडि बढेको, भित्रि कारोबार सहित छोटो समयमा नै २० भन्दा बढी कारवाही गरेको, म्युचुअल फण्डलाई आईपीओमा लकिङ पिरियड लागु गरेको र शेयर लक इन अवधिको जानकारी सार्वजनिक गर्नु नियम लागु गरिएको अध्यक्ष हमालले बताएका छन् । 

त्यस्तै डेडिकेटेड टिएमएस ल्याउन सक्ने व्यवस्था गरिएको, धितोपत्र बजारमा गैर आवासीय नेपाली भित्र्याउन आवश्यक व्यवस्था गरिएको, जलविद्युत समूहको कम्पनीहरुका लागि विशेष व्यवस्था गरिएको लगायत उल्लेख छ ।

यस्तो छ उनले सार्वजनिक गरेको सम्पादित कार्यको पूर्णपाठ:


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved