कुन मूल्यमा भयो हिमालयन रिइन्स्योरेन्सको पहिलो शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 10:46:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर कारोबार सुरु भएको छ । आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो म्यचिङ कारोबार भई शेयर मूल्य तय भएसंगै कम्पनीको शेयर कारोबार सुचारु भएको हो । 

कम्पनीको पहिलो कारोबार ३०९.२ रुपैयाँमा भएको छ ।  नेप्सेले हिमालयन रिइन्स्योरेन्सको पहिलो शेयर कारोबारको लागि १०३‍.७ रुपैयाँ देखि ३०९.२१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्जबीचको जुनसुकै मूल्यबाट कारोबार सुरु हुन सक्ने व्यवस्था रहेको थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रति शेयर नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । 

कम्पनीको HRL सिम्बलबाट कारोबार सुरु भएको हो । आइतबार कम्पनीको सर्वसाधारण तर्फको ३ करोड र संस्थापकको ७ करोड गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

हिमालयन रिइन्स्योरेन्स निजि क्षेत्रको पुनर्बीमा कम्पनी हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved