सिउरी न्यादी पावरले ३ अर्बको आईपीओ निष्काशन गर्ने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 06:07:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सिउरी न्यादी पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्र आज कम्पनीको कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ । 

निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा सिउरी न्यादी पावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँ तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध संचालक दिनेश गुरुङ्ग, प्रमुख कार्यकारी अधिकृत यज्ञ प्रसाद सुवेदी सहित प्रमुख वित्त अधिकृत कृष्ण लाल श्रेष्ठ तथा एनएमबि क्यापिटल लिमिटेडका कमल प्रसाद नेपाल तथा निशान लाल जोशीको उपस्थिति रहेको थियो ।

 अधिकृत तथा जारी पूँजी रु. ६,१९,६०,७८,४००÷– रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको ४९ प्रतिशत अर्थात्                                   रु. ३,०३,६०,७८,४००÷– रकम बराबरको प्रति अंकित मूल्य रु. १००÷— का दरका ३,०३,६०,७८४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, बैदेशिक रोजगारीमा गएका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने कम्पनीले जनाएको छ । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँले बताए । ४०.२७ मेगावटको उक्त आयोजनाको हालसम्म करिब ५५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भै सकेको तथा सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भैरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved