एसियन लाईफ ईन्स्योरेन्सले ६ महिनामा १५ करोड नाफा कमायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 10:25:50 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियन लाईफ ईन्स्पोरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा ११.४५ प्रतिशतले बढेको छ । 

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड ९८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले १४ कारोड ३४ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ४० अर्ब ९ करोड ६८ लाख रुपैयाँ जम्मा भएको छ । गत आवको सोहि अवधिमा कम्पनीको उक्त कोषमा ३४ अर्ब ९८ करोड ९० लाख रुपैयाँ रहेको थियो । 

कम्पनीले कुल बीमाशुल्क संकलन पनि बढाएको छ । चालु आवको दोस्रो त्रैमासम्ममा कम्पनीले ३ अर्ब ६७ करोड २३ लाख रुपैयाँ बीमशुल्क संकलन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले ३ अर्ब ३५ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । 

हाल ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ चुँक्ता पुजी रहेको कम्पनीको प्रति शेयर आम्दानी १०.०२ रुपैयाँ, प्रति शेयर नेट वर्थ १२०.९३ रुपैयाँ र पीई रेसियो ६७.८६ गुणा रहेको छ । 

चालु आवको दोस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीले दिर्घकालिन रुपमा २८ अर्ब ५९ करोड रुपैयाँ लगानी गरेको छ । त्यसैगरी अल्पकालिन रुपमा ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved