रिलायन्स स्पिनिङ मिल्सले माग्यो आईपीओ निष्काशन अनुमति, एक कित्ताको मूल्य ८२०.८० रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 01:56:57 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले माघ २३ गते बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले सर्वसाधारणको लागि ११ लाख ५५ हजार ९ सय ६० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयरको मूल्य प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा कायम गरिएको छ । कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न लागेको हो । 

कम्पनीले यस अघि योग्य संस्थागत लगानीकर्तालाई  ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो।  योग्य संस्थागत लगानीकर्तालाईलाई निष्काशन गरिएको शेयरको कट अफ मूल्य ९१२ रुपैयाँ कायम भएको थियो ।  सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार कम्पनीले सर्वसाधारणलाई कम्पनीको शेयर प्रति कित्ता ८२० रुपैयाँ ८० पैसामा शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।  

यस कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि संचालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ । 

पवन गोल्यान यस कम्पनीका कार्यकारी अध्यक्ष हुन् । शशिकान्त अग्रवाल कम्पनीका संचालक हुने भने अक्षय गोल्यान कम्पनीका प्रबन्ध संचालक हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ । 

रिलायन्स स्पिनिङ मिल्स  बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने  दोस्रो कम्पनी बनेको छ ।सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved