सर्वोत्तम सिमेन्टले स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 12:44:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्ट लिमिटेडले आयोजना प्रभावित र खानी प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह बिक्री प्रबन्धक  एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटलले आज शेयर बाँडफाँड गरेका हुन् । 

कम्पनीले पुस २५ देखि माघ २५ सम्म आयोजना प्रभावित स्थानियलाई ९ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको थियो ।

क्यापिटलका अनुसार यस निष्काशनमा  १,२२४ जना आवेदकहरुबाट आवेदन परेको थियो । क्यापिटलले १,२२४ जना मार्फत रीतपुर्वक प्राप्त भएका आवेदकलाई २ लाख ४८ हजार ४ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको जनाएको छ । बुक विल्डिंगको नियम अनुसार २२४ जना आवेदकलाई न्यूनतम ५० कित्तामा नघट्ने गरी शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । 

 साथै, उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको ९,३०,००० कित्ता शेयरमध्ये बिक्री नभएको ६,८१,५३० कित्ता शेयर सर्वसाधारण (सामुहिक लगानी कोष र कम्पनीका कर्मचारी समेत) को लागि छुट्याइएको शेयरमा थप गरी सार्वजनिक निष्कासन गरिने क्यापिटलले जनाएको छ । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved