हिम रिभर पावर र पियोर इनर्जीले मागे आईपीओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 12:31:47 PM मा प्रकाशित

laxmi  sunrise bank

हिम रिभर पावर र पियोर इनर्जीले आईपीओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । हिम रिभरले माघ २८ र पीयोर इनर्जीले माघ २९ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो 

हिम रिभरले १३ करोड ३० लाख बराबरको १३ लाख ३० हजार कित्ता र पीयोर इनर्जीले १६ करोड बराबरको १६ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । हिम रिभरले शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई र पीयोर इनर्जीले नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धक चयन गरेको हो ।

हिम रिभर पावरले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको कम्पनी हो, जसले नेपालगंजमा २० मेगावाटको सोलार आयोजना संचालन गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved