अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2024 | 09:57:07 AM मा प्रकाशित

laxmi  sunrise bank

अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले फागुन २३ गते बोलाएको साधारणसभाको विशेष प्रस्ताव अन्तर्गत प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने उल्लेख छ ।

यो अम्बे ग्रुप अन्तर्गतको कम्पनी हो । कम्पनीले टिएमटी छड, जिआई तार, ग्याबियन बक्स लगायतका निर्माण सामग्री उत्पादन गर्दै आएको छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:


१. सञ्चालकहरुको पारीश्रमिक र भत्ता सम्बन्धमा ।

२. कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धि प्रस्ताव उपर छलफल तथा पारीत गर्ने सम्बन्धमा।

३. प्रबन्धपत्रको दफा ६ को उपदफा (ङ) संशोधन सम्बन्धि प्रस्ताब उपर छलफल तथा पारीत गर्ने सम्बन्धमा ।

४. कम्पनी ऐन, २०६३ को दफा ९३, अन्तर्गतका कारोबारहरु छलफल तथा पारीत गर्ने सम्बन्धमा ।

५. कम्पनी ऐन, २०६३ को दफा १०५ (ख) बमोजिम लिने / लिएको बैंक ऋण सम्बन्धमा छलफल तथा पारित गर्ने सम्बन्धमा ।

६. नियमावलीको नियम २७ (२) संशोधन गर्ने सम्बन्धमा ।

७. कम्पनी ऐन, २०६३ को दफा १८५ बमोजिम कम्पनी सचिव नियुक्ति गर्ने सम्बन्धमा ।

८. कम्पनीको स्वीकृत प्रबन्धपत्र तथा नियमावलीमा प्रस्तावित संशोधन भएको सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधन गर्न निर्देशन भएको खण्डमा सोहि बमोजिम मात्र थपघट, परिवर्तन वा संशोधन गर्नका लागी सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

९. कम्पनीको शेयर प्रिमियम मूल्यमा सर्वसाधारणमा ( आइपिओ - IPO) जारी एवं बिक्री गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य अगाडी बढाउनको लागी सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

१०. शेयरको सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धक र अण्डरराईटर नियुक्त गर्ने सम्बन्धमा ।

११. शेयरको सार्वजनिक निष्काशनबाट प्राप्त रकमको उपयोग सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved