प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 09:39:24 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ नगद लाभांश गरि कुल ७.०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २ सय ६० रुपैयाँ रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved