‘नयाँ स्टकको लाइसेन्स मैले रोकेको होइन, प्रधानमन्त्रीले रोक्नु भएको हो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 02:41:41 PM मा प्रकाशित

laxmi sunrise bank

निवर्तमान अर्थमन्त्री डा. प्रकाशरण महतले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न आफ्नो कुनै भूमीका नभएको बताएका छन् । अर्थमन्त्रीबाट हटेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै डा. महतले आफूले नभई प्रधानमन्त्रीले नै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोकेको दाबी गरेका हुन् । 

‘प्रधानमन्त्री ज्यूले नै अहिले बन्द गर्ने भन्नु भएको होइन ?’, डा. महतले प्रश्न गर्दै भने, ‘थप अध्ययन गरेपछि मात्र नयाँ कम्पनीलाई जोड्ने भनेर प्रधानमन्त्रीले भन्नु भएको हो ।’

उनले प्रधानमन्त्रीले नै नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोकेको र अध्ययन समिति बनाउन भनेको स्मरण गरे । 

‘प्रधानमन्त्रीबाट प्रस्ताव आएको हुनाले हामीले एउटा कमिटी बनाईदियौँ, त्यो अध्ययन कमिटीले अध्ययन गर्दै होला’ निवर्तमान अर्थमन्त्री डा. महतले भने ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved