
रु रु जलविद्युत परियोजना लिमिटेडको संस्थापक शेयरको लकइन अवधि २०८१ वैशाख ३ गतेबाट सकिने भएको छ । कम्पनीको संस्थापक शेयर, आयोजना प्रभावितलाई निष्काशन गरिएको शेयर, र कर्मचारीलाई सुरक्षित गरिएको शेयरको लक्इन अवधि वैशाख ३ गतेबाट सकिने भएको हो ।
कम्पनीको संस्थापक समुहको ३९ लाख ४५ हजार ८ सय ८८ कित्ता शेयर, आयोजना प्रभावितलाई निष्काशन गरिएको ४ लाख ८९ हजार २ सय ४५ कित्ता शेयर, र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८ सय ५८ कित्ता शेयरको लक्इन अवधि वैशाख ३ गते सकिने भएको हो । कम्पनीको कुल ४४ लाख ४४ हजार ९ सय ९१ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो ।
कम्पनीको आईपीओ २०७८ वैशाख ३ गते बाडफाँड भएको थियो ।