नेप्सेमा कुमारी सबल योजनाको इकाई सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2024 | 04:16:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कुमारी सबल योजनाको इकाई सुचिकृत भएको छ । आज यस योजनाको ७ करोड ४४ लाख ७५ हजार ७० इकाई सुचिकृत भएको हो । इकाई सुचिकृत भएसंगै बुधबारदेखि यी इकाईको कारोबार गर्न सकिने छ ।

  कुमारी सामूहिक लगानी कोष अन्र्तगत कुमारी सबल योजना संचालन हुने छ । कुमारी क्यापिटलले माघ २८ देखि फागुन १३ गतेसम्म प्रति इकाई रु १० दरको दश करोड इकाई निष्काशन गरेको थियो । जस मध्ये १४ प्रतिशत अर्थात एक करोड चालिस लाख इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई र १% ले हुन आउने बिजपूँजी वापतको दश लाख इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको थियो । बाँकी सार्वजनिक निष्काशन मार्फत रु. ८ करोड ५० लाख इकाई निष्काशन तथा विक्री खुल्ला गरिएको थियो । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ।

हाल क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना नामक बन्दमुखी योजना र 'कुमारी सुनौलो योजना' नामक खुलामुखी योजना संचालन गरिरहेको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved