ब्रोकर नम्बर ६४ ले सुरु गर्यो 'मिशन ८४', डिम्याट खाता खोल्दा ४ प्रकारको अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2024 | 09:47:55 AM मा प्रकाशित

laxmi sunrise bank

नयाँ बर्ष २०८१ को अवसरमा सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४) ले अनलाइनबाटै भिडियो केवाइसिको माध्यमबाट डिम्याट खाता तथा ब्रोकर खाता खोल्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ । आफ्ना शेयरधनी, कर्मचारी तथा ग्राहक वर्ग एवं शुभेच्छुकहरुमा नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यो योजना ल्याएको कम्पनीले जनाएको छ । 

 एक नेपाली एक ब्रोकर खाताको पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिई सो लक्ष्य प्राप्तिका लागि “मिशन ०८४” अनावरण गरेको पनि कम्पनीले जनाएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा “एक नेपाली एक ब्रोकर खाता” भन्ने नारा का साथ २०८४ सम्ममा हरेक नेपालीको एउटा डिम्याट र एउटा ब्रोकर खाता खोल्ने अभियानको सुरु गरेको जानकारी दिएको छ ।

वित्तिय स्वतन्त्रताका लागि लगानी एउटा माध्यम भएको र त्यसका लागि डिम्याट खाता र ब्रोकर खाता अनिवार्य रहेको भन्दै कम्पनीले मिशन  ०८४” अन्तर्गत ग्राहकहरुलाई निम्न चार अफरहरु प्रस्तुत गरेको छ। 

 १. लाइफटाइम डिम्याट खाता अफर – 

यस अफर अन्तर्गत ग्राहकहरुले मात्र रु ६६४ मा डिम्याट खाता तथा आजिवन डिम्याट नविकरण सेवा पाउने छन् । यससँगै ग्राहकहरुले अनिवार्य रुपमा ब्रोकर खाता समेत पाउनेछन् ।  

२. निःशुल्क डिम्याट र मेरो शेयर अफर – 

यस अफर अन्तरगत सन सेक्युरिटिज (ब्रोकर नं. ६४) मा कारोबार खाता खोल्ने ग्राहकहरुले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर सेवा प्राप्त गर्नुहुनेछ । 

३. अटोमेटिक डिम्याट तथा मेरो शेयर नविकरण अफर – 

यस अफर अन्तरगत सन सेक्युरिटिज (ब्रोकर नं. ६४) मा कारोबार खाता तथा डिम्याट खाता खोली १ वर्ष भित्र १० पटक शेयर खरिद बिक्री गर्ने ग्राहकहरुको डिम्याट खाता तथा मेरो शेयर खाता सन सेक्युरिटिजले हरेक वर्ष निःशुल्क नविकरण गरिदिनेछ ।    

४. निःशुल्क BO-TO-BO अफर – 

यस अफर अन्तरगत ग्राहकहरुले सन सेक्युरिटिज प्रा.लि.मा डिम्याट खाता तथा कारोबार खाता खोली कारोबार गर्ने क्रममा अर्को डिम्याट खातामा रहेको आफ्नो नामको शेयर सन सेक्युरिटिज प्रा.लि.मा रहेको आफ्नो डिम्याट खातामा ट्रान्सफर गर्न चाहेमा निःशुल्क BO-TO-BO  (एउटै व्यक्तिको एक डिम्याटमा भएको शेयर अर्को डिम्याटमा लैजाने प्रकृयालाई बिओ टु बिओ भनिन्छ ।) सुविधा प्रदान गर्ने छ। साथै यस सेवाका लागि काठमाण्डौ भित्र रहेका ग्राहकहरुलाई थप सेवा आवश्यक परेमा सन सेक्युरिटिजबाट निःशुल्क क्लरिकल सेवा समेत प्रदान गर्ने कम्पनीले जनाएको छ। 

देश भित्र तथा देश बाहिर रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई डिम्याट खाता खोल्न तथा ब्रोकर खाता खोल्न अनलाइनबाटै सहज पहुँच पु¥याई आर्थिक वर्ष २०८३/०८४ भित्र धितोपत्र बजार अन्तरगत प्राथमिक तथा दोश्रो बजारमा सबै नेपालीले लगानीका लागि समान पहुँच पु¥याउने “मिशन ०८४” को उद्देश्य रहेको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved