किन ३ महिनादेखि मेरोशेयरमा आईरहेको छैन एनआइबिएल सहभागिता फण्डको इकाई ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 01:07:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा देशकै ठूलो तथा पहिलो खुलामुखी म्युचुअल फण्डका ईकाइधनी पनि प्रभावित भएका छन् । एनआईबिएल सहभागिता फण्डका इकाईधनीले ३ महिनाभन्दा बढी समयदेखि आफुले खरिद गरेको म्युचुअल फण्डको इकाई आफ्नो डिम्याट खातामा पाउन सकेका छैनन् ।

यो एनआईबिएल सहभागिता फण्ड खुलामुखी म्युचुअल फण्ड हो, जुन एनआईएमबि एस क्यापिटलले संचालन गरिरहेको छ। यो हाल नेपालमा संचालनमा रहेका मध्ये सबैभन्दा ठूलो खुलामुखी फण्ड हो । फण्डको आकार बढ्दै जाँदा क्यापिटलले थप इकाईको लागि नेपाल धितोपत्र बोर्डमा स्वीकृति माग गरेको थियो । क्यापिटलले फण्डको आकार ३ अर्ब पुगेपछि त्यसलाई ४ अर्ब पुर्याउनको लागि स्वीकृति माग गरेको थियो । रमेश हमाल हुँदा नै स्वीकृति माग गरेपनि अझै स्वीकृति पाउन नसकेको क्यापिटलको भनाई छ । 

क्यापिटलका अनुसार हालसम्म ३० करोड रुपैयाँ बराबरको ३ करोड युनिट इकाईधनीको खातामा पठाउँन बाँकि छ । लगानीकर्ताको नाममा इकाई खरिद भएको र लगानीकर्ताको नाममा इकाई गए भए पनि मेरोशेयरमा भने पठाउँन नसकिएको क्यापिटलका जनलर म्यानेजर संचिन्द्र ढुंगाना बताउछन् । उनका अनुसार  धितोपत्र बोर्डबाट स्वीकृति नभई इकाई पठाउन नसकिने जवाफ सिडीएससीले दिएकोले इकाईहरु समबन्धित लगानीकर्ताको नाममा रहेपनि उनीहरुको मेरोशेयरमा पठाउन नसकिएको हो ।  उनले धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि सबै लगानीकर्ताको मेरोशेयरमा इकाई पठाइने बताए । फोन, इमेल तथा अन्य माध्यमबाट  जिज्ञासा राख्नेहरुलाई यसको जानकारी दिईरहेको उनले बताए ।  उनले स्वीकृति आएपछि इकाई मेरोशेयरमा पठाइने भएकोले ढुक्क हुन समेत आग्रह गरेका छन् । 

नेपाल धितोपत्र बोर्डका  प्रवक्ता मुक्तिनाथ श्रेष्ठले पनि अध्यक्ष नहुँदा क्यापिटललाई आकार बढाउने स्वीकृति प्रदान गर्न नसकिएको बताए । आकार बढाउने स्वीकृतिको निर्णय अध्यक्षले मात्र गर्न सक्ने व्यवस्था रहेको कारण  अध्यक्ष नहुँदा स्वीकृति प्रदान गर्न नसकिएको उनको भनाई छ । बोर्डको अध्यक्ष पद रिक्त रहेको अवस्थामा हाल धितोपत्र ऐनको व्यवस्था अनुसार अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने संचालक रितेश शाक्य स्वत बोर्डको अध्यक्ष भएका छन् ।  तर शाक्य आफ्नो कार्य व्यस्तताको कारण बोर्डमा पाइला समेत टेकेका छैनन् ।  उनी अर्थ मन्त्रालयले बनाएका आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनको कोर टिममा छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved