कन्चन डेभलपमेण्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 04, 2017 | 09:02:31 AM मा प्रकाशित

laxmi  sunrise bank

कन्चन डेभलपमेन्ट बैंकले असार ३० गतेदेखि हकप्रद बिक्रि गर्दै छ । बैंकले दश बराबर तीन अर्थात ३० प्रतिशतका दरले हाल कायम चुक्ता पुंजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। 

हकप्रद निष्काशनको प्रयोजनार्थ बैंकले असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जेठ ३१ गतेसम्म कायम शेयरधनीले भदौ १ सम्म हकप्रदको लागि आवेदन दिन सक्ने छन् । 


बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले १० करोड ३९ लाख रुपैयाँ बराबरको १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। 

बैंकको ७ औ बार्षिक साधारणसभाले ३० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। ३० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४५ करोड ४ लाख रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले २०७४ असार मसान्त भित्र चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved