आइएमइ लाइफ इन्स्योरेन्सको कारोबार सुरु, ६० करोडको आइपीओ ल्याउँदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 07:27:15 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि आफ्नो व्यवसाय थालेको छ। बिमा समितिबाट कम्पनीले असार २० मा कारोबार संचालन गर्ने अनुमती पाएको हो। 

आइएमई लाइफ इन्स्योरेन्स पछिल्लो पटक संचालन अनुमती पाएका इन्स्योरेन्स कम्पनीहरु मध्य सबै भन्दा पहिला आफ्नो सेवा सुरु गर्ने इन्स्योरेन्स कम्पनी बनेको छ। बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले औपचारिक उद्घाटन गरे। कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लो तल्लामा स्थापना गरि कारोवार शुभारम्भ गरेको हो ।

कार्यक्रममा आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष डा. रामहरि अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिषंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल बीमक संघका कार्यवाहक अध्यक्ष दिप प्रकाश पाण्डे, आइएमई लाइफ इस्योरेन्सका महाप्रबन्धक  राकेश पोखरेल लगायतको उपस्तिथी रहेको थियो।  

१ अर्ब ४० करोड चुक्ता पुँजी सहित कम्पनी संचालनमा आएको हो । कम्पनीको अधिकृत चुक्ता पुंजी ३ अर्ब रहेको छ  । कम्पनीले बिमा समितिले तोकेको २ अर्ब चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ । कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर अबको ८ महिना भित्रमा साधारण सेयर जारि गर्ने बताएको छ । साधारण शेयर जारि गरेर कम्पनीले संस्थापक साधारण शेयर अनुपात ७०:३० बनाउन लागेको हो  । 

लैनचौरका केन्द्रिय कार्यालय रहने कम्पनीले काठमाडौँमा ७ सहित १ वर्षमा ६० देखि ६५ शाखा खोल्ने योजना बनाएको छ ।  म्पनीले कारोबार सुरु गरेसँगै विहीवारबाट आइएमइ सरल (सावधिक) योजना सञ्चालनमा ल्याउने भएको छ । 

कम्पनीमा व्यवसायी चन्द्र ढकालसम्बद्ध आइएमइ समूह, भाटभटेनि, सञ्चालक मीनबहादुर गुरुङ, हाथवे इन्भेष्टमेन्ट, हाथेवेका अम्बिका पौड्ल (व्यक्तिगत लगानी समेत), नवराज नेपाल लगायतकाको लगानी रहेको छ । कम्पनीमा आइएमइ र सम्बद्धहरुको ४० प्रतिशत बढि लगानी रहेको  छ ।कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रामहरि अर्याल रहेका छन् भने सञ्चालकहरूमा अश्विनी आचार्य, ईश्वर कार्की, दीपक पोखरेल र दीप रेग्मी छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved