
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई लघुवित्तको खुद नाफा २२.२५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा कम्पनीले १२ करोड ९ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा बढेर १४ करोड ७८ लाख पुगेको छ ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५५.५९ प्रतिशतले बढेर ३० करोड ३७ लाख पुगेको छ । समिक्षा अवधिमा कम्पनीको सापटी ४७.७८ प्रतिशतले बढेर ४ अर्ब ६५ करोड पुगेको छ भने कर्जा प्रवाह ७१.६४ प्रतिशतले बढेर ७ अर्ब ६९ करोड पुगेको छ । त्यस्तै कम्पनीको निक्षेप ५८.५० प्रतिशतले बढेर २ अर्ब ५२ करोड पुगेको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी ५५ करोड २५ लाख रहेको छ भने रिजर्भमा ३६ करोड ५४ लाख पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी भने १९.६० प्रतिशतले घटेर ५३.५३ रुपैयाँ कायम भएको छ । त्यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १६६.१३ रुपैयाँ रहेको छ ।