
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा शांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ५८.८७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा कम्पनीले १६ करोड ४८ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा बढेर २६ करोड १८ लाख पुगेको छ ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४६.८१ प्रतिशतले बढेर ७९ करोड ५८ लाख पुगेको छ । समिक्षा अवधिमा बैंकको कर्जा प्रवाह २२.४४ प्रतिशतले बढेर ४० अर्ब ४६ करोड पुगेको छ । त्यस्तै कम्पनीको निक्षेप ९.८८ प्रतिशतले बढेर ४५ अर्ब ९२ करोड पुगेको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब रहेको छ भने रिजर्भमा ९३ करोड २५ लाख पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७.३९ रुपैयाँ कायम भएको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ १३०.९७ रुपैयाँ रहेको छ ।