२५.६६ प्रतिशतले बढ्यो निफ्राको नाफा, यस्ता छन् आगामी ४ रणनीति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2022 | 09:54:08 AM मा प्रकाशित

laxmi sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको खुद नाफा २५.६६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक ७७/७८ को दोस्रो त्रैमासमा बैंकले ३५ करोड २२ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा बढेर ४४ करोड २६ लाख पुगेको हो । 

बैंकको वितरणयोग्य मुनाफा २६.३० प्रतिशतले बढेर ३४ करोड ८६ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा २५.५७ प्रतिशतले बढेर ६३ करोड २३ लाख पुगेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१ प्रतिशतले बढेर ८२ करोड ३५ लाख पुगेको छ । बैंकले यस अवधिसम्ममा २३ अर्ब ५७ करोड कर्जा स्वीकृत गरेको छ । यो ऋण ऋण तालिका अनुसार स्वीकृत हुने बैंकले जनाएको छ 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा, प्रति शेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा, इक्वीटिमा प्रतिफल ३.८९ प्रतिशत, मूल्य आम्दानी अनुपात ८८.७६ रुपैयाँ, प्रति शेयर कुल सम्पतिको मूल्य ४९२ रुपैयाँ, सम्पतिमा प्रतिफल ३.७२ प्रतिशत र औसत इल्ड ७.२३ प्रतिशत रहेको छ 

बैंकले आगामी रणनीतिमा ऋण उपकरण र निक्षेप मार्फत स्रोत संकलन एंव पूर्वाधारको सार्वजनिक र निजी परियोजनाहरुमा गरिने कर्जा लगानीमा विविधिकरण गर्ने, आयआर्जन गर्ने नयाँ क्षेत्रहरु विस्तार तथा ऋण उपकरण मार्फत लगानीको स्रोत परिचालनमा जोड दिने, प्रदेश र स्थानीय सरकार सहितको संलग्नतामा पूर्वाधारको परियोजनाहरुको पहिचान गर्दै सोमा निजि क्षेत्रको लगानी प्रवर्द्धन गर्ने तथा समग्र जोखिम व्यवस्थापनको आधारभुत पक्षहरुलाई सवलिकरण गर्ने उल्लेख गरेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved