६ महिनामा नबिल बैंकको नाफा २ अर्ब १८ करोड , वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2022 | 07:34:18 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा नबिल बैंकको खुद नाफा ८.१८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब १ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा बढेर २ अर्ब १८ करोड पुगेको हो ।

यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी ३५.१३ प्रतिशतले बढेर ४ अर्ब २१ करोड पुगेको छ । बैंकको संचालन मुनाफा पनि ८.६१ प्रतिशतले बढेर ३ अर्ब ११ करोड पुगेको छ । बैंकको अन्य संचालन आम्दानी भने ६६.५८ प्रतिशतले बढेर २७ करोड २१ लाख रहेको छ ।

यस अवधिमा बैंकको निक्षेप ४.०६ प्रतिशतले बढेर २ खर्ब ३२ अर्ब रहेको छ भने कर्जा प्रवाह ८.६७ प्रतिशतले बढेर २ खर्ब १५ अर्ब पुगेको छ । बैंकको खराब कर्जा १.११ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २३.५९ रुपैया, पीई रेसियो ४९.९३ गुणा र प्रति शेयर नेटवर्थ १४८.२८ रुपैयाँ रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved