१५ प्रतिशतले बढ्यो ग्लोबलआईएमई बैंकको खुद नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2022 | 08:06:39 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकको खुद नाफा १५.०३ प्रतिशतले बढेर २ अर्ब ६६ करोड पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड रहेको छ । 

समिक्षा अवधिमा बैंकको संचालन मुनाफा १३.५६ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड पुगेको छ भने खुद ब्याज आम्दानी ०.५० प्रतिशतएल बढेर ४ अर्ब ७९ करोड पुगेको छ । बैंकको अन्य संचालन आम्दानी २२६.४७ प्रतिशतले बढेर ३४ करोड २० लाख पुगेको छ । 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २२.३९ रुपैयाँ , पीई रेसियो १५.२३ गुणा, र  प्रति शेयर नेटवर्थ १४४.९७ रुपैयाँ रहेको छ । 

२३ अर्ब ७९ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ९ अर्ब २१ करोड रहेको छ । यस अवधिमा बैंकको निक्षेप १.२९ प्रतिशतले बढेर २ खर्ब ७१ अर्ब पुगेको छ भने कर्जा प्रवाह १२.१४ प्रतिशतले बढेर २ खर्ब ५६ अर्ब पुगेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved