६.०४ प्रतिशतले बढ्यो एनएमबि बैंकको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2022 | 08:51:21 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा एनएमबि बैंकको खुद नाफा ६.०४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ६१ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा बढेर १ अर्ब ७१ करोड पुगेको हो ।

 यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेर २ अर्ब ७१ करोड कायम भएको छ । बैंकको वितरणयोग्य मुनाफा ८७ करोड ४१ लाख रहेको छ । यस अवधिमा बैंकको निक्षेप १०.४६ प्रतिशतले बढेर १ खर्ब ८१ अर्ब पुगेको छ भने कर्जा प्रवाह १३.९९ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब पुगेको छ । बैंकको खराब कर्जा १.४९ प्रतिशत रहेको छ ।

यस अवधिमा बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रहेको छ भने रिजर्भमा ६ अर्ब ७५ करोड रहेको छ । समिक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी १८.६४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १३६.८ रुपैयाँ, र पीई रेसियो १८.९४ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved