११ महिनामा बैंकको खुद नाफा ६७ अर्ब: नबिल र ग्लोबल टपमा, एनआईसीभन्दा एनआईएमबि अगाडी (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2023 | 05:23:49 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनाको अवधि वाणिज्य बैंकहरुले ६७ अर्ब बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउन देखि २०८० जेठसम्मको अवधिमा २१ वटा वाणिज्य बैंकले कुल ६७ अर्ब २३ करोड खुद नाफा गरेका हुन् ।

जस मध्ये नबिल बैंकले सर्वाधिक ७ अर्ब ११ करोड खुद नफा गरेको छ । ६ अर्ब ५० करोड सहित ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ भने ४ अर्ब ७६ करोड खुद नाफा सहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहेको छ । एनआईसी एसिया बैंकको ४ अर्ब ६३ करोड रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड खुद नाफा गरेको छ ।  

अघिल्लो महिना एनआईसी एसिया तेस्रो स्थानमा रहेकोमा यस पटक एनआईएमबि अगाडी आएको छ । 

यस अवधिमा सबैभन्दा कम नाफा कृषि विकास बैंकको रहेको छ । कृषि विकास बैंकले १ अर्ब ५६ करोड खुद नाफा गरेको छ भने सनराइज बैंकले १ अर्ब ५९ करोड खुद नाफा कमाएको छ । त्यस्तै सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ६८ करोड, माछापुच्छ्रे बैंकको खुद नाफा  १ अर्ब ६८ करोड, तथा लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ६८ करोड रहेको छ । हाल सनराइज बैंक र लक्ष्मी बैंक भने एक आपसमा मर्ज भएर एकिकृत कारोबार गरिसकेका छन् । 

यो अपरिस्कृत विवरण भएकोले बैंकहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने छ ।

हेर्नुस् कुन बैंकको खुद नाफा कति ?



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved