११ विकास बैंक मात्रै नाफामा: मुक्तिनाथ र गरिमा शिर्ष स्थानमा, लुम्बिनीभन्दा महालक्ष्मी अगाडी (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2023 | 05:47:17 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो ११ महिनाको अवधिमा विकास बैंकहरुले ५ अर्ब बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउन देखि २०८० जेठसम्मको अवधिमा विकास बैंकहरुले कुल ५ अर्ब १० करोड खुद नाफा गरेका हुन् । 

जस मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक १ अर्ब  ९ करोड खुद नाफा कमाएको छ । त्यस्तै गरिमा विकास बैंकले ८२ करोड २३ लाख खुद नाफा कमाउँदा शाइन रेसुंगाको खुद नाफा ७० करोड ४५ लाख रहेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकले ६६ करोड ७७ लाख खुद नाफा कमाएको छ भने लुम्बिनी विकास बैंकले ५२ करोड ४४ लाख खुद कमाएको छ। अघिल्लो महिना महालक्ष्मीभन्दा लुम्बिनी अगाडी रहेकोमा यस महिना महालक्ष्मीले लुम्बिनीलाई पछि पारेको छ ।  

सबै भन्दा कम नाफा कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ। ग्रीन डेभलपमेन्ट बैंकले ४ करोड ९५ लाख खुद नाफा कमाएको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ९२ लाख खुद नफा कमाएको छ। अघिल्लो महिना कर्णाली डेभलपमेन्ट बैंक नाफामा रहेकोमा यस महिना घाटामा गएको छ । 

कर्णालीसहित  सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक , सिन्धु विकास बैंक र सालपा विकास बैंक भने घाटामा रहेका छन् । जस सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नोक्सानी सबैभन्दा धेरै २८ करोड ६२ लाख रहेको छ । त्यस्तै एक्सेलको खुद नोक्सानी ८ करोड ९७ लाख रहेको छ भने नारायणीको खुद नोक्सानी ४  करोड ६ लाख रहेको छ ।

 यो अपरिस्कृत विवरण भएकोले बैंकहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने छ ।

हेर्नुस् कुन विकास बैंकको खुद नाफा/नोक्सान कति ?



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved