आरएसडिसी लघुवित्त बन्यो रिपोर्ट सार्वजनिक गर्ने पहिलो कम्पनी, बाड्न मिल्ने नाफा ८ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2023 | 08:34:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सुचिकृत कम्पनी मध्ये आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गर्ने आरएसडिसी पहिलो कम्पनी बनेको छ 

यस अवधिमा कम्पनीको मुनाफा  ५.७१ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि तुलनामा कम्पनीको खुद नाफा बढेर ११ करोड १६ लाख पुगेको हो  । आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा कम्पनीको खुद नाफा १० करोड ५६ लाख थियो  । कम्पनीको खुद ब्याज आम्दानी २३ करोड ९० लाख बाट बढेर २८ करोड ४९ लाख पुगेको छ  । कम्पनीले ५ अर्ब ८२ करोड सापटी लिएर अन्य लघुवित्त र सहकारीलाई ६ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने ८ करोड ८ लाख रहेको छ  । 

कम्पनीको खराब कर्जा ०.४९ प्रतिशतबाट बढेर १.२२ प्रतिशत पुगेको छ। खराब कर्जा बढेपछि कम्पनीको इम्पेरमेन्ट चार्ज बढेर ९ करोड ९९ लाख रुपैयाँ पुगेको छ। यसले गर्दा नाफामा असर गरेको छ।

चुक्ता पूँजी ८६ करोड ९५ लाख रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा २० करोड ३९ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा, प्रति शेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा, र पीई रेसियो ४७.७५ रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved