नबिल बैंकको खुद नाफा ७ अर्ब ५२ करोड, लाभांश क्षमता १४.६४ प्रतिशत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2023 | 08:37:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० मा नबिल बैंकको खुद नफा ७६.८६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा बैंकले ४ अर्ब २५ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७९/८० मा बैंकको खुद नाफा बढेर ७ अर्ब ५२ करोड पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढेर १७ अर्ब ९८ करोड पुगेको छ । खुद ब्याज आम्दानी बढ्दा बैंकको खुद नाफा ७६.८६ प्रतिशतले बढेको हो ।

यस अवधिमा बैंकको बितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड रहेको छ । यसले बैंकको लाभांश क्षमता १४.६४ प्रतिशत देखाउछ ।

बैंकको खराब कर्जा १.६२ प्रतिशतबाट बढेर ३.२० प्रतिशत पुगेको छ । खराब कर्जा बढेपछि बैंकले सम्भावित जोखिमको लागि इम्पेरमेन्ट चार्ज अन्तर्गत ३ अर्ब ८८ करोड छुट्याएको छ । २७ अर्ब ५ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ३१ अर्ब ३ करोड रहेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २७.८२ रुपैयाँ, प्रति शेयर नेटवर्थ २१४.६९ रुपैयाँ , र पिई रेसियो २१.५४ गुणा रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved