संचालनमा रहेका २० वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जस अनुसार २० बैंकले कुल ७० अर्ब १७ करोड खुद नाफा कमाएका छन् ।
जस मध्ये नबिल बैंकले सर्वाधिक ७ अर्ब ५२ करोड नाफा कमाएको छ भने ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड नाफा कमाएको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड नाफा कमाउँदा एनआईसी एसियाको खुद नाफा ४ अर्ब २९ करोड रहेको छ ।
सबै भन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक र कुमारी बैंक रहेका छन् । यी दुई बैंकको खुद नाफा क्रमश १ अर्ब ८५ करोड र १ अर्ब ९५ करोड रहेको छ ।
यस अवधिमा एभरेष्ट बैंकको वितारंयोग्य मुनाफा सर्वाधिक ४ अर्ब ३३ करोड रहेको छ भने नबिल बैंकको ३ अर्ब ९६ करोड र एनआईसी एसियाको ३ अर्ब ६९ करोड रहेको छ । हिमालयन बैंक र कुमारी बैंकको वितरण योग्य मुनाफा भने ऋणात्मक रहेको छ ।
त्यस्तै प्रति शेयर आम्द्नै तर्फ एनआईसी एसिया अगाडी रहेको छ । एनआईसीको ईपीएस ४०.२२ रुपैयाँ रहेकोछ भने स्ट्यान्डर्ड चार्टड बैंकको ३७.३९ रुपैयाँ रहेको छ । सबै भन्दा कम इपीएस कुमारी बैंकको रहेको छ ।
हेर्नुस् २० वाणिज्य बैंकको खुद नाफा, खुद ब्याज आम्दानी , वितरणयोग्य मुनाफा, चुक्ता पुँजी, रिजर्भ र संचित कोष, सम्भावित जोखिमको लागि छुट्याईएको इम्पेरमेन्ट चार्ज र प्रति शेयर आम्दानीको विवरण: