एनआईसी एशिया क्यापिटलको नाफा १० करोड, ईपीएस ५२ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2023 | 09:26:16 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलको आ.व. २०७९/८० को प्रगति विवरण सार्वजनिक गरेको छ । २० करोड चुक्ता पूँजी रहेको क्यापिटलले आ.व. २०७९/०८० मा रु.१० करोड ४२ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.५२.१० कायम गरेको छ ।

आ.व. २०७९/०८० अन्त्यसम्म क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा पाँच वटा योजनाहरु संचालन गरिरहेको छ । “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड”ले आ.व. २०७९÷८० को लागि १० प्रतिशत (कर सहित) का दरले नगद प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको छ ।

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत “IDEA to IPO” सेवा संचालन गरिरहेको छ। जस अन्तर्गत २०८० आषाढ मसान्तसम्म १८ वटा कम्पनीहरुसंग दुई पक्षिय सम्झौता सम्पन्न भई कार्यहरु गरिरहेको क्यापिटलले जनाएको छ । क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, Further Expansion हुदैं IPO जारी गर्ने चरणसम्म कम्पनीलाई पुऱ्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ। साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि स्वीकृति प्राप्त गरि विशिष्टीकृत लगानी कोष अन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागिएको जनाएको छ।

क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरी आ.व. २०७९/०८० को अन्त्यसम्ममा ६६५ जना ग्राहकहरुबाट रु.१ अर्व ८१ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत Income Guaranteed Fund, Priority Services, जस्ता विशेष योजनाहरु संचालन गरिरहेको छ । जुन सेवा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था मिलाइएको क्यापिटलले उल्लेख गरेको छ।

क्यापिटलले निक्षेप सदस्य सेवा अन्तर्गत देशको सम्पूर्ण भू-भागमा बसोबास गर्ने आम जनता समक्ष डिम्याट खाताको पहुच सहज, सर्वसुलभ तरिकाबाट पुऱ्याउने मुख्य उद्देश्यका साथ विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरिरहेको छ । क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माझ पुऱ्याउन एन आई सी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्य अन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । डिम्याट खाता खोल्दा लामो समय लाग्ने र उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न निकै असहज भईरहेको भन्ने जनगुनासो सम्बोधन गर्न नेपालको जुनसुकै भू-भागबाट समेत अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाएको उल्लेख गरेको छ ।

क्यापिटलले २०८० आषाढ मसान्तसम्म ६ लाख ६७ हजार भन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएकोउल्लेख गरेको छ । क्यापिटलले समग्र डिम्याट खाता संख्याको ११.६० प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” मात्र रु.९९९ मा Lifetime डिम्याट खाता नविकरण हुने तथा रु.१,००० मा भुक्तानी गर्दा मेरो शेयर खाता Lifetime को लागि नविकरण हुने योजना संचालन गरिरहेको छ । साथै “एन आई सी एशिया विद्यार्थी डिम्याट खाता योजना” अन्तर्गत निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्ने, अनलाईन मार्फत डिम्याट खाता खोल्दा १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने तथा “९९९ बैदेशिक रोजगार डिम्याट योजना” लगायतका योजनाहरु संचालन गरिरहेको छ। डिम्याट खाता खोल्ने सेवाग्राहीहरुको संख्या बढेसंगै ग्राहकहरुको आवश्यकता अनुरुपको जानकारी उपलब्ध गराउने मुख्य उद्देश्यका साथ छुट्टै Customer Excellency Unit खडा गरी सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०८० आषाढ मसान्तसम्म सामूहिक लगानी कोष सहित १७ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म १७ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र २५ वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ। साथै हाल दुई वटा कम्पनीको प्रथामिक शेयर निष्काशन कार्य भइरहेको जनाएको छ।

साथै हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पुऱ्याउन " अव लाईनमा होइन, क्यापिटलको सेवा Online मा” भन्ने मुल नाराका साथ क्यापिटलसँग आवद्ध ग्राहकहरु तथा क्यापिटलबाट सेवा लिन चाहने ग्राहकहरुलाई प्रविधिको प्रयोग मार्फत क्यापिटलमा उपस्थित नभई मोवाईलबाटै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ थप सेवा सुविधा सहित “Mobile App” संचालनमा समेत ल्याएको छ । क्यापिटलबाट प्रदान गरिने सेवाहरु तथा क्यापिटलसँग आवद्ध भएका ग्राहकहरुले “Mobile App” बाटै सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

क्यापिटलका अनुसार “Mobile App” बाट SIP Registration तथा SIP Installment भुक्तानी गर्न, Mutual Fund हरुको NAV हेर्न, Online Demat Account र Mero Share Account खोल्न, Demat Account तथा Mero Share नविकरण गर्न, Portfolio Management Service (PMS) Register गर्न, Portfolio Management Service मा Login गरी आफ्नो लगानीको अध्यावधिक विवरण हेर्न Demat Account मा भएको विवरणहरु अध्यवाधिक गर्न, Mero Share Account को Password तथा Pin Reset Request गर्न, Uncollected Dividend, DRN Status, Dematerialization Request Return सम्बन्धी विवरण हेर्न, IPO / Auction Allotment को Result हेर्न, Research Report, Stock Market Related News Alert, Market Summary जस्ता विवरणको Notification प्राप्त गर्न सक्ने छन् ।

आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई “Mobile App" मा Integration गरी डिजिटलाईजिड रुपमा उपलब्ध गराउने रणनीति लिएको क्यापिटलले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved