लक्ष्मी लघुवित्त घाटामा: खराब कर्जा ८ प्रतिशतमाथि, ईपीएस नेगेटिभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2023 | 10:06:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० मा लक्ष्मी लघुवित्तको घाटामा गएको छ। आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले २० करोअद ६९ लाख खुद नाफा गरेकोमा आर्थिक वर्ष ७९/८० मा कम्पनी घाटामा गई खुद नाफा ८ करोड ३० लाख ऋणात्मक रहेको छ ।

आर्थिक वर्ष ७९/८० मा कम्पनीको खुद ब्याज आम्दानी ३१.३२ प्रतिशतले घटेर ३६ करोड ६९ लाखमा सिमित भएको छ । कम्पनीको संचालन मुनाफा भने ८ करोड ३४ लाख ऋणात्मक रहेको छ । खुद नाफा ऋणात्मक रहेपनि कम्पनीको वितरणयोग्य मुनाफा भने ६ करोड ९० लाख रहेको छ ।

यस अवधिमा कम्पनीको निक्षेप ८.९० प्रतिशतले घटेको छ भने कर्जा प्रवाह २५.१५ प्रतिशतले घटेको छ । कम्पनीले आफुले लिने सापटी पनि पनि ३२.१९ प्रतिशतले घटेको छ ।

कम्पनीको खराब कर्जा ३.२७ प्रतिशतबाट बढेर ८.३६ प्रतिशत पुगेको छ । कम्पनीले सम्भावित जोखिमको लागि इम्पेरमेन्ट शिर्षक अन्तर्गत अघिल्लो वर्षको तुलनामा दोब्बर बढी अर्थात् १३ करोड ३ लाख रकम छुट्याएको छ । ४४ करोड १६ लाख चुक्ता पुँजी रहेको कम्पनीको संचितिमा ३४ करोड ८९ लाख रहेको छ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ऋणात्मक १८ रुपैयाँ ८१ पैसा, र प्रति शेयर नेटवर्थ १७९.०१ रुपैयाँ रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved