पोर्चुगलका कप्तान तथा रियल म्याड्रिडका स्ट्राइकर रोनाल्डोले २ बर्षको कैद सजाय स्वीकार गरेका छन् । कर छली प्रकरणमा रोनाल्डोले सजाय सहित १८.८ मिलियन युरो अर्थात सवा २ अर्व नेपाली रुपैयाँ जरिवाना तिर्न स्वीकार भएका हुन् । हाल रोनाल्डो बिश्वकपको लागि रुसमा छन् । आज नै उनले स्पेनसंग प्रतिस्पर्धा गर्ने छन् ।
तर उनी जेल भने जानु पर्ने छैन । स्पेनको कानुन अनुसार २ बर्ष भन्दा तलको कैद सजाय भएमा जेल जानु पर्दैन । तर त्यस अवधिमा फेरी केहि अभियोग लागेमा भने जेल जानु पर्छ । यस अघि अदालतमा उपस्थित हुँदा रोनाल्डोले कर छली नगरेको दाबी गरेका थिए । तर अहिले उनले अभियोग स्वीकार गर्दै सजाय र जरिवाना तिर्न तयार भएका हुन् ।