रुसमा जारी फिफा बिश्वकप अन्तर्गत आइतबार ३ खेल भए । पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई १-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । खेलको ५६ औ मिनेटमा सर्बियाका कप्तानले ऐलेकजेन्डर कोलोरोभले गरेको गोल नै निर्णायक बन्यो ।
बिजपाटीले गरेको प्रेडिक्ट एण्ड विन कन्टेस्टमा यस खेलमा सयौले अनुमान लगाएकोमा केवल ४ जनाले सहि अनुमान लगाएका छन् । सहि गोल अनुमान लगाउनेमा गिरिश लामा, राम कुमार बस्नेत, बाल कृष्ण श्रेष्ठ र महेन्द्रमान जोशी रहेका छन् । यी ४ मध्ये १ जनालाई गोलाप्रथाबाट बिजयी घोषणा गरिनेछ ।
त्यस्तै दोस्रो खेलमा मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १-० ले पराजित गर्दै विजयी सुरुवात गर्यो । खेलको ३५ औ मिनेटमा मेक्सिकोका हिर्भिंग लोजानोले गरेको गोल नै निर्णायक बन्यो ।
बिजपाटीले गरेको प्रेडिक्ट एण्ड विन कन्टेस्टमा यस खेलमा सयौले अनुमान लगाएको भए कसैले पनि सहि खेलको सहि अनुमान लगाउन सक्नु भएको छैन ।
आइतबारको अन्तिम खेलमा ब्राजिल र स्विजरल्याण्डले १-१ को बराबरी खेलेका छन् । खेलमा ब्राजिलका कुटिनोले २० औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए तर दोस्रो हाफसुरु भएपछि खेलको ५० औ मिनेटमा स्विजरल्याण्डका स्टिभन जुबरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस पछि गोल हुन् सकेन र दुवै टोलीले १-१ अंक बाडे ।
बिजपाटीले गरेको प्रेडिक्ट एण्ड विन कन्टेस्टमा यस खेलमा सयौले अनुमान लगाएको भए पनि केवल ३ जनाले सहि अनुमान लगाउनु भएको छ । सहि अनुमान लगाउनेमा एक्सआइएस आइआर, श्याम शाखा र तारा श्रेष्ठ रहनु भएको छ । यी ३ मध्ये १ जनालाई गोलाप्रथाबाट बिजयी घोषणा गरिनेछ ।
के तपाईले आज हुने बाँकि खेलहरुको गोल अनुमान लगाउनु भयो ?
बिजपाटी डटकमको मेनुबारमा रहेको विश्वकप बिशेषमा क्लिक गरी predict and win मा गएर वा सिधै http://worldcup.bizpati.com/play#_=_ मा क्लिक गरेर गोल अनुमान लगाउन सक्नुहुन्छ।
बिजेतालाई मुभि टिकेट, चन्द्रागिरि हिल्सको टिकेट, फ्री टिभी सब्स्क्रिप्सन, स्मार्ट फोन लगायतका आकर्षक पुरस्कारको व्यवस्था छ।