यस्ता छन् बुधबार सार्बजनिक भएको 'आइफोन सेभेन र सेभेन प्लस' को बिशेषताहरु (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2016 | 09:02:34 AM मा प्रकाशित

laxmi  sunrise bank

एप्पलले आफ्नो नयाँ आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक गरेको छ। अमेरिकाको सनफ्रान्सिस्कोमा भब्य कार्यक्रम बीच सार्वजनिक गरिएको आइफोन सेभेन र सेभेन प्लसमा परम्परागत हेडफोनको प्लग हटाइ यसको स्थानमा लाइटनिग कनेक्टर राखिएको छ। 

आइफोन सेभेन र सेभेन प्लस प्रयोगकर्ताले ब्याट्री चार्ज गर्ने प्लगमा नै हेडफोन जोड्न सक्ने सुविधा रहेको छ। नयाँ  आइफोन पहिलाको भन्दा ३० प्रतिशतले छिटो चल्ने कम्पनीले बताएको छ।
 
एप्पलले वायरलेस इयरफोन प्रयोगलाई बढावा दिएको छ भने यसको साथमा इयरप्याड्स पनि राखिएको कम्पनीले जनाएको छ। ठुलो जोखिम मोलेर कम्पनीले यो सुविधा प्रयोग गरेको कम्पनीको भनाई छ। 

कम्पनीले सार्वजनिक गरेका दुई नयाँ आइफोन सेभेन र सेभेन प्लसमा रहेका फिचर प्रयोग गर्न प्रयोगकर्ताका लागी केहि झन्झटिलो हुने सक्ने कम्पनीको अनुमान छ किनकि हेडफोनको ठाउमा प्रयोगकर्ताले इयरप्याड्स किन्नु पर्ने हुन सक्छ। 

एप्पल आइफोन ७ मा टु लेन्स क्यामेरा जडान गरिएको छ जसले यो होम बटन कति जोडले दबिएको छ भन्ने कुराको जानकारी दिने छ। कनेक्टर र पुरानो प्रविधिबाट छुट्कारा पाउन आइफोन कम्पनी एप्पल प्रतिदंधी भन्दा अगाडी रहेको कम्पनीको बिश्वाश छ। यता विश्लेषकहरुले  भने हेडफोन सकेट हटाउदा केहि समय आइफोंनको लोकप्रियतामा कमि आउने बताएका छन।  

खोज अनुसन्धान संस्था आइडिसीका फ्रान्सिस्को जेरोनिमोले एप्पलले चार्जर प्लगमा परिवर्तन गरिदा प्रयोगकर्ता दुखि रहेको तर पनि उनीहरुले आइफोन किन्नमा कमी नगरेको बताएका छन।  हेडफोन ज्याक हटाउदा पनि आइफोंन खरिदमा कमि नआउने उनको दाबी छ। 

नयाँ आइफोनमा ६४ बिट सिस्टमा ४ कोरको ए १० फ्युजन २ दशमलव ४५ गिगाहर्ज क्लक स्पीड प्रोसेसर  छ।  ३२, १२८, २५६ जिबीमा आइफोन ७ उपलब्ध निर्माण गरिएको छ। ३२ जिबी आइफोन ७ को  मुल्य ६४९   र ३२ जिबी आइफोन प्लसको ७६९ अमेरिकी डलर तोकिएको छ। 

आइफोन सेभेनमा मा पछाडी १२ मेगा पिक्सेल र अगाडि ७ मेगापिक्सेलका क्यामेरा छन् । टाढाको तस्बिर खिच्नका लागि यी मोबाइल उपयुक्त हुने कम्पनीको दाबी छ। दुवै क्यामेरामा सेन्सर राखिएको छ। जसको प्रयोगबाट फोटो लिने क्रममा ब्याकराउण्डलाई बलर गरेर आफुले फोकस गरेको तस्विर लिन सकिने कम्पनीले जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved