एभरेष्ट बैंकको नयाँ एटिएम सेवा सोह्रखुट्टेमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2017 | 09:40:50 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेडले भारतीय दुतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा एटिएम सेवा संचालनमा ल्याएको छ। पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम. एस. साङ्गापुरेले एटिएम सेवाको उद्घाटन गरेका हुन।

सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले सो स्थानमा एटिएम सेवा संचालनमा ल्याएको जनाएको छ। उद्घाटन कार्यक्रममा कर्नल मनराज सिंह मान रक्षा सहचरी, भारतीय दुतावास, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, बैंकका संचालकहरु लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रह्यो।

यसै अवसरमा बैंकका संचालकहरुको बैठकमा कर्पाेरेट धुनको पनि विमोचन गरियो। यस धुनलाई बैंकले आफ्नो श्रव्य–दृष्य सामाग्रीहरुमा प्रयोग गर्ने बताएको छ। 

हाल बैंकले ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत ग्राहकलाई उत्कृष्ट सेवा दिदै आइरहेको छ ।  
   
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved