झापा बिर्तामोडमा खुल्यो सामसुङ डिजिटल प्लाजा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 04, 2017 | 07:18:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सामसुङ कम्पनीका विभिन्न इलेक्ट्रोनिक्स सामानको बिक्री वितरणका लागि झापाको बिर्तामोडमा सामसुङ डिजिटल प्लाजा संचालनमा आएको छ। ग्राहकहरुको बिशेष सुविधालाई ध्यानमा राख्दै सो क्षेत्रमा सामसुङ डिजिटल प्लाजा संचालनमा ल्याइएको कम्पनीले जनाएको छ।   

सामसुङका एलइडी टिभी, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, मोबाइल कर्भ्ड टिभी लगायतका सामान प्लाजाबाट बिक्री वितरण हुने नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले जनाएको छ। ९५ वर्षीय समाजसेवी पर्शूराम ढकालले यो शोरुमको उद्घाटन गरेका हुन। 
 
 ‘महेन्द्र स्टोर’मा गई सर्वसाधारणले सामसुङका विश्वस्तरीय उत्पादनहरु किन्न सक्ने कम्पनीले जनाएको छ। काडमाडौं उपत्यका भित्र ८ वटा र बाहिर ५ वटा गरेर हालसम्म १३ बटा सामसुङ प्लाजा खुुलिसकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved