साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य स्थिर छ। बुधबार प्रति तोला ५५ हजार ८ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज पनि सोहि मुल्यमा कारोबार भई रहेको छ ।
त्यस्तै चांदी स्थिर रहदै प्रति तोला ८ सय १५ रुपैयाँमा कारोबार भई रहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज बिहिबार ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरेको छ।