'सीमा रक्षाका लागि गौतम मारिए तर, प्रभुका अगाडि प्रचण्ड बोल्न सकिरहेका छैनन्'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2017 | 12:44:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले देशको सीमाको लागि एक नेपाली नागरिक मारिंदा पनि प्रधानमन्त्री निरिह भई बोल्नै नसकेको आरोप लगाएका छन् । मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा आज कपिलवस्तुको जीतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले कंचनपुर घटनाबारे टिप्पणी गारेका हुन  । 

कन्चनपुरमा कल्भर्ट निर्माणको बिषयमा भएको झडपमा भारतीय प्रहरीको गोली लागि गोबिन्द गौतमको मृत्यु भएको थियो  । सभामा एमाले महासचिव पोखरेलले भारतलाई प्रधानमन्त्रीको प्रभुको संज्ञा दिदै त्यस्तो आरोप लगाएका हुन् । उनले भने 'सीमा रक्षाका लागि गोविन्द गौतम मारिए । तर, प्रभुका अगाडि पुष्पकमल दाहाल बोल्न सकिरहेका छैनन् ।'

सभामा पोखरेलले अधिकांश समय मोर्चा माथि नै खनिए  ।

यस्ता छन् उनले ब्यक्त गरेका सन्दर्भको प्रमुख सार : 

-सामाजिक सद्भाव र साम्प्रदायिक एकता खल्बल्याउन चाहनेहरु सल्बलाउँदैछन्, हाम्रो एकताको बलमा तिनीहरुलाई जवाफ दिनुपर्छ । सामाजिक सद्भावमा टिकेको राष्टिय एकतालाई कमजोर बनाउने कुनै पनि आपराधिक योजना सफल हुने दिने छैनौँ ।


-   नेपाली जनताका ९० प्रतिशतभन्दा ज्यादा बढी जनप्रतिधिहरुले हस्ताक्षर गरेर संविधान जारी गरे । त्यसबेला हाम्रा केही छिमेकी हामीलाई आँखा तर्दै थिए । तर, हामीले खुट्टा कमाएनौँ र विगत ६० वर्षदेखि नेपाली जनताले उठाएको आवाजलाई     हामीले पूरा गर्यौँ । अहिले त्यही कुरा कतिपयलाई अपच भएको छ । संविधान बनाइरहेको बेला हामीलाई संविधान बनाउन पाउँदैनौ भनेर आँखा तर्ने, धम्की दिने र दवाव दिनेहरु नै अहिले संविधान असफल बनाउन लागेका छन् । हामी उनीहरुको त्यो सपना कदापि पूरा हुन दिने छैनौँ । 


-    नेपालको संविधान बनाउने काम छिमेकीको होइन, नेपाली जनताको हो भनेर जसरी हिजो हामीले जवाफ दियौँ र विदेशीको कुनै दाल गलेन, त्यसरी आज उनीहरुको संशोधनको योजनालाई पनि हामी जवाफ दिन्छौँ, असफल पार्छौं । उनीहरुको कोसिसमा देशभित्र रहेका केही मुठ्ठीभर तत्वहरु संविधान च्यात्ने र जलाउनेहरु लागिरहेका छन् । तर, त्यस्तो दूस्साहस गर्नेहरुलाई नेपाली जनताले एकताबद्ध भएर जवाफ दिनुपर्छ । 


- एमाले आफ्ना विचार लिएर तराई, पहाड, हिमाल सबैतिर जान्छ, यो संविधानले हामीलाई दिएको अधिकार हो । कसैले त्यसलाई कटौती गर्न खोज्यो भने एमाले किमार्थ स्वीकार गर्दैन । तराई मधेसका जनता एमालेको पक्षमा उभिएको देखेपछि मधेसवादी दावी गर्ने दलहरु आतंकित भएर आक्रमणमा उत्रिए । 


-  एमाले कुनै एक समुदाय, क्षेत्र, जाति वा भाषाको पार्टी होइन, समग्र मुलुकको पार्टी हो । त्यसकारण यसले सबैको प्रतिनिधित्व गर्दछ । 


- एमालेले मधेसलाई समेटेन, संविधान संशोधन गरिदिए हुन्थ्यो भन्ने गरिन्छ । हामी संविधान संशोधनको विपक्षमा छैनौँ, यो गतिशील दस्तावेज हो । तर, यो औचित्यपूर्ण हुनुपर्छ । अहिले संविधान संशोधनका नाममा नेपाललाई कमजोर पार्न खोजिँदैछ । नेपाली र मातृभाषालाई कमजोर बनाएर अर्कैको देशको भाषालाई संविधानमा घुसाउनु नेपाल र नेपालीको हितमा छ ? मैथिली, बज्जिका, अवधि, राई, तामाङ, थारु भाषाका लागि होइन, हिन्दी भाषाका लागि संशोधन ल्याएर विदेशी भाषालाई सरकारी कामकाजको भाषा बनाउन कुनै हालतमा बन्न दिन्नौँ । 


- नागरिकताका विषयमा भ्रम छर्न खोजिएको छ । धनपति उपाध्यायको अध्यक्षतामा आयोग बनाएर यो समस्या सम्बोधन पहिलो पटक हामीले नै गरेका हौँ । कुनै एकजना नेपालीले पनि नागरिकता पाएन भने हामी त्यसको जिम्मा लिन्छौँ तर एकजना पनि विदेशीलाई नागरिकता दिन दिँदैनौँ । संसारका कुनै पनि मुलुकमा नेपालमा जस्तो नागरिकता प्रदान गर्ने उदार व्यवस्था छैन । त्यही भारतमा विहे गरेर जाने नेपाली चेलीले सात वर्ष कुर्नुपर्छ, पाकिस्तानमा पाँच वर्ष, बंगलादेशमा २ वर्ष, भुटानमा विहापछि सन्तान जन्मेर उसले नागरिकता पाउनुपर्छ, माल्दिभ्समा त्यहाँको धर्म स्वीकार गर्नुपर्छ । तर, नेपालमा चाहिँ विहे गरेर आउने महिलाले २४ घण्टाभित्र नागरिकता पाउँछिन् । के अझै पुगेन ? अंगीकृत नागरिकलाई राज्य चलाउन दिन्नौँ, प्रमुख पदमा बस्न पाउँदैन । एमालेले मात्रै उठाएको कुरा होइन, संसारभर यस्तो अभ्यास छ । यो अभ्यास हामीले गर्दा हाम्रो छिमेकीको टाउको किन दुख्यो ?


-  संसद्मा प्रतिनिधित्व बखेडा खडा गरेर हिमाली र पहाडी क्षेत्रलाई रित्तो बनाउने योजना बन्दैछ । हामी भूगोल र जनसंख्यालाई समान रुपमा हेर्न चाहन्छौँ, भूगोललाई छाडेर जनसंख्या मात्र भन्ने पक्षमा छैनौँ । त्यही भारतमा पाण्डुचेरीमा ५० हजार जनसंख्याको निर्वाचन क्षेत्र छ भने विहार र मध्यप्रदेशमा ६ लाख जनसंख्याको निर्वाचन क्षेत्र छ । 


- पहिला पाँच नम्बर क्षेत्र टुक्र्याउने अनि त्यसपछि अरु भूभाग पनि टु्क्र्याउने योजना छ । त्यसलाई हामी कदापि पूरा हुन दिँदैनौँ । एक, दुई, तीन कुनै हालतमा प्रदेश नम्बर पाँचका जिल्लाहरुलाई टुक्र्याउन दिन्नौँ ।


- सीमा रक्षाका लागि गोविन्द गौतम मारिए । तर, प्रभुका अगाडि पुष्पकमल दाहाल बोल्न सकिरहेका छैनन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved