नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु, यस्ता छन् आकर्षण 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2017 | 11:05:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली उत्पादन तथा सेवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उदेश्यले राजधानीमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु २०७३ सुरु भएको छ ।  मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले  मेलाले आयोजक र सहभागी राष्ट्रहरु बीचको आर्थिक व्यावसायिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै व्यापारिक साझेदारीका सम्भाव्यता खोजी गर्न समेत मद्दत पु¥याउने विश्वास व्यक्त गरे । उनले यस मेलाबाट भरपूर लाभ उठाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय सहभागीलाई आह्वान गरे ।

अन्तर्राष्ट्रिय जगतमा उद्योग व्यवसाय क्षेत्रले पछिल्लो पटक अवलम्वन गरीरहेको प्रविधिगत ज्ञान तथा संयुक्त सहकार्यका सम्भाव्यताका सम्बन्धमा स्वदेशी एवं विदेशी उद्यमी व्यवसायीहरु बीच अन्तरक्रियाका माध्यमबाट मुलुकभित्र उद्यम व्यवसाय विस्तारमा सघाउ पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले  मेलाको आयोजना गरेको हो ।

महासंघको सदस्य नेपाल हस्तकला महासंघ, नेपाल जडीवूटी उत्पादक संघ तथा हिमाली आयोजना यस वर्षको मेलाको सहआयोजक रहेका छन् ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै स्टलहरु छन् । त्यसैगरि  तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयां प्रविधि तथा उपकरणहरु, खाद्यन्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण  छन् ।

 यस वर्ष हर्वस तथा हर्वलका उत्पादनहरु, कृषिजन्य वस्तुहरु, जव फेयर मेलाको प्रमुख आकर्षणको रुपमा  छन् । मेलामा ३५ वटा स्टल मार्फत नेपाली जडीवूटीका उत्पादनहरु प्रदर्शनी  छ । साथै महासंघको कृषि उद्यम केन्द्र अन्तरगतको हिमाली आयोजनाका ७० वटा स्टल मार्फत कृषि उत्पादनहरुको प्रदर्शनी  छ ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीवारे छलफल हुने आयोजकले जनाएको छ  ।

मेलामा नेपाल बाहेक चीन, , भारत, पाकिस्तन,  बंगलादेश ,  थाइल्याण्ड लगायतका देशका ब्यबसायी सहभगी छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved