आइजीपी विवाद: सर्बोच्चले तोक्यो अन्तिम सुनुवाइको मिति, सरकारको नाममा यस्तो आदेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 17, 2017 | 12:29:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) विवादबारे आजबाट सर्बोच्चमा पुन बहस सुरु भएको छ । आज यो मुद्दामा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको थियो।  यो मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासमा थियो ।

तर महान्यायाधिवक्ता रमण श्रेष्ठले तेजबहादुर केसी पनि इजलासमा रहेको र उनले यो मुद्दा हेर्न नमिल्ने बताए पछि आज अन्तिम निर्णय भने हुन् सकेन । फागुन १८ गते न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासले मुद्दाको तथ्यभित्र प्रवेश गरी जयबहादुर चन्दलाई आइजी बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन दिइएको र तथ्यभित्र प्रवेश गरेर आदेश गरेको हुनाले दुवै न्यायाधीशले अन्तिम सुनुवाई हेर्न नमिल्ने जिकिर महान्यधिबकताको थियो  । 

यद्यपि न्यायाधिसद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले प्रहरी मुख्यालयले पठाएको कार्यसम्पादन मुल्यांकन सम्बन्धि फाइलमा नम्बर तलमाथि भएको हुनसक्ने आशंका गर्दै गृह मन्त्रालय, लोकसेवा आयोग र प्रहरी प्रधान कार्यालयमा रहेको आइजीपी बढुवाका दावेदार डिआइजीहरुको कार्यसम्पादन मुल्यांकन सम्बन्धि फाइल २४ घन्टा भित्र पेश गर्न आदेश दिएको छ ।   

अन्तिम सुनुवाइको लागि चैत्र ६ गते आइतबारको लागि पेशी तोक्ने र पूर्ण इजलासमा सुनुवाई गर्ने निर्णय पनि इजलासले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved