तस्विरमा हेर्नुस गुर्जुधारामा भएको भयङ्कर दुर्घटना, ट्रकको ब्रेक फेल हुँदा जे देखियो 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 17, 2017 | 11:12:27 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको गुर्जुधारामा ठूलो दुर्घटना भएको छ । थानकोट-कलंकी सडकखण्डको गुर्जुधारामा कलंकीतर्फ आउँदै ट्रकको ब्रेक फेल हुँदा दुर्घटना भएको हो  । प्रहरीका अनुसार काठ बोकेर कलंकी आउदै गरेको ना ३ ख ९७७३ नम्बरको ट्रकको ब्रेक फेल हुँदा सडकमा रहेका स्कुटर, मोटरसाइकल,  ट्रक र ट्याक्सीलाई ठक्कर दिएको हो ।  दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका छन् ।  घटनामा ३  जनाको मृत्यु भएको स्थानीयले बताए पनि त्यसको पुष्टि हुन् बाँकी छ ।    घटनाको विस्तृत विवरण आउन बाँकी छ ।  

घटना लगत्तै ट्रक चालक फरार रहेका छन् । ट्रक चालक काभ्रेका गंगा दोर्जे लामा र ट्रक मालिक डम्बर पोखरेल रहेको खुलेको र उनीहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ।’ 

 

तस्विर: युगान्त रिजाल

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved